अमरदहमा ढल्के जोवन गोल्ड कप फागुन १३ गते देखी हुने, विजेतालाई ५ लाख ११ हजार - SportsNepal07

अमरदहमा ढल्के जोवन गोल्ड कप फागुन १३ गते देखी हुने, विजेतालाई ५ लाख ११ हजार

फागुन २ गते, सुनवर्षी । मोरङको सुनवर्षी –२, स्थित अमरदहमा ‘चौथो अमरदह अन्तर्राष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्ड कप’ फागुन १३ गते देखी हुने भएको छ ।

खेलकुदको माध्यमबाट आफ्नो स्थानलाई चिनाउने उद्देश्यका साथ यस अघि फागुन ७ गतेबाट सुरु हुने भनिएको थियो । काठमाडौँमा जारी ए डिभिजन क्लबहरूको लिग जारी रहेको, जिल्ला खेलकुद संघ र विभिन्न क्लबका खेलाडीहरूको खेल सार्न आग्रहलाई मध्यनजर गरेर प्रतियोगिता पर सारिएको क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।

पत्रकार सम्मेलन गरी सुनावर्षी नगरपालिका वडा नं –२ का अध्यक्षसमेत रहेका तामाङले प्रतियोगिताको तयारी भने ९० देखि ९५ प्रतिशत पुरा भएको पनि बताए ।

पत्रकार सम्मेलनमा मोरङ फुटबल सघंका अध्यक्ष दीपेन्द्र धिमाल, सुनवर्षी–३ का अध्यक्ष टेकबहादुर विष्ट, थ्रिस्टार क्लबका क्याप्टेन सञ्जीव बुढाथोकी, अमरदह ढल्के जोवन क्लबका उपाध्यक्ष हेमेश्वर राई, खेलप्रेमी मिलन दाहाल र गणेश थप्लुङ लगायतकाले खेलको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सुनावर्षी –२ मा रहेको श्री वीरेन्द्र सार्वजनिक माविको खेल मैदानमा फागुन १३–२४ गतेसम्म चल्ने प्रतियोगिता नेपाल, भारत र भुटानसहितका विभिन्न १२ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता टिमले ५ लाख ११ हजार र उपविजेता टिमले २ लाख ५१ हजार नगद राशिको पुरस्कार सहित मेडल तथा प्रमाण पत्र पाउने छन् । गत वर्ष भने विजेताले २ लाख ११ हजार र उपविजेता टिमले १ लाख ५१ हजार नगद राशिको पुरस्कार राखिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर