मिक्लाजुङ दोस्रो अध्यक्ष कपः वडा नम्बर ५ फाइनलमा प्रवेश - SportsNepal07

मिक्लाजुङ दोस्रो अध्यक्ष कपः वडा नम्बर ५ फाइनलमा प्रवेश

Photo by Longsing Shrestha

लङ्सिङ श्रेष्ठ
फागुन ३ गते, मिक्लाजुङ ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको मंगलबारको खेलमा वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ ।
वडा नम्बर ७ लाई टाइबे्रकरमा ४–३ को अन्तरले हराउँदै वडा नम्बर ५ फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा समाप्त भएपछि खेलको छिनोफाने टाइब्रेकरले गरेको थियो ।
मध्यान्तर पछि वडा नम्बर ७ ले दबाब मुलक खेल खेल्यो । वडा नम्बर ७ ले वडा नम्बर ५ लाई दबाब दिएपनि वडा नम्बर ५ ले रक्षात्मक खेल खेलेको थियो । खेलको म्यान अफ दि म्याच वडा नम्बर ५ का गोल रक्षक निशान मगर घोषित भए ।
प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गर्ने आयोजकले जनाएको छ । भोली बुधबारकोे फाइनल खेल वडा नम्बर ५ र १ बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर