फागुन १४ गते, पथरी । चोथौँ अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्ड कपको उद्घाटन खेलमा मानेभन्याङ फुटबल क्लब दार्जिलिङ विजयी भएका छन् ।
शुक्रवारको उद्घाटन खेल एपिएफ फुटबल क्लब काठ्माडौंलाई ४–५ गोलको अन्तरले हराउँदै मानेभन्याङ फुटबल क्लब दार्जिलिङ दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको १८ औं मिनेटमा मानेभन्याङ फुटबल क्लबका जर्सी नं २ का खेलाडी डोनाल्ड डेन्जोङले पहिलो गोल गर्दै गोलको खाता खोलेका थिए । एपिएफले निकै प्रयास गरे पनि पहिलो हाफमा कुनै गोल गर्न सकेन । महिलो हाफ १–० मा सकिएको थियो । दोस्रो हाफ पछि खेलको १४ औं मिनेटमा एपिएफका जर्सी नं १५ का सचिन राईले १ गोल गर्दै खेललाई बराबरी बनाएको थियो । खेल निकै प्रतिस्पर्धात्मक रूपमा भएपनि मानेभन्याङ फुटबल क्लबले एपिएफलाई दबाबमा राखेको थियो ।
निर्धारित समय सम्म खेल १–१ गोलको बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो टाइव्रेकरले गरेको थियो । टाइव्रेकरमा माने भन्ज्याङ फुटबल क्लब दार्जिलिङले ४ गोल र सशस्त्र प्रहरी बल काठमाण्डौँले ३ लगाएका थिए । खेलको म्यान अफ द म्याच दार्जिलिङका गोल रक्षक उर्गेन पिनिसो शेर्पा घोषित भए । उनले नगद पुरस्कार रु ५ हजार प्राप्त गरे ।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिम सहभागिता रहेका प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगद र उपविजेताले २ लाग ११ हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन । शनिवारको खेल द योङ ब्रदर सुनसरी र पि.वाइ.सि. हेटौँडाबिच हुने अमरदह ढल्के जोवन युवा क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।