इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा द रियल ब्रदर्शको ६ अंक - SportsNepal07

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा द रियल ब्रदर्शको ६ अंक

तस्विर : लङसिङ श्रेष्ठ

फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को खेलमा द रियल ब्रदर्श एफसीले फराकिलो गोल अन्तरले विजयी भएको छ ।

विहिबार भएको खेलमा सिरिजंगा एफसीलाई ४–१ गोल अन्तरले हराउँदै द रियल ब्रदर्शले फराकिलो गोल अन्तरले विजयी भएको हो । पहिलो हाफको ६ औं र १० औं मिनेटमा द रियल ब्रदर्शका सेनेहाङ लिम्बूले एकल २ गोल गर्दै खेलमा आफ्नो टिमलाई २–० अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको दोश्रो हाफको ५५ औं मिनेटमा ब्रदर्शका टिम क्याप्टेन तिर्थराज बस्नेतले तेस्रो गोल गरे । वस्नेतले बिष्णु पाण्डेको पासमा आकर्षक गोल गरेका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा ब्रदर्शका अंकित लिम्बूले चौंथो गोल गर्दै खेललाई ४–० मा पु¥याएका थिए ।

खेलको ८० औं मिनेटमा खेलमा सिरिजंगाको पवन राईले सान्तावना गोल फर्काएका थिए । खेलमा द रियल ब्रदर्शले ४–१ को सहज जित निकाल्दै खेल तालिकामा ६ अंक जोड्न सफल भएको छ ।

पहिलो चरणमा न्यु स्टार एफसीलाई ३ गोलको अन्तरले हराएका थिए । पहिलो चरणको ३ अंक सहित आज दोस्रो खेलमा पनि द रिलय ब्रदर्शले ३ अंक जोड्न सफल भएका छन् । यो सहित ६ अंक जोडेको हो ।

सिरिजङ्गाको खेल तालिकामा ३ अंक रहेको छ । पहिलो चरणको खेलमा देविगन्जलाई पराजित गरेर ३ अंक जोडन सफल भएको थियो भने आजको खेलमा हार बेहोरेर कुनै अंक जोड्न सकेन । आजको खेलको म्यान अफ दि म्याच विजयी टिमको तर्फबाट सेनेहाङ लिम्बू घोषित भए । भोली देखी तेश्रो चरणको खेल सुरु हुने छ । पहिलो खेल टेन नवोदय एफसी र शिखर एफसीका बिच प्रतिस्पर्धा हुने खेल आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर