द रियल ब्रदर्शले जित्यो इन्ट्रा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी - SportsNepal07

द रियल ब्रदर्शले जित्यो इन्ट्रा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी

तस्विर : लङ्सिङ श्रेष्ठ

चैत ६ गते, पथरी । ‘इन्ट्रा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को उपाधी द रियल ब्रदर्शले जितेको छ । शनिबार भएको फाइनल खेलमा न्यू स्टार एफसीलाई १ का विरुद्ध २ गोलको अन्तरले द रियल ब्रदर्शले फाइनलको उपाधी हात पारेको हो ।

विजेता रियल ब्रदर्शले नगद २ लाख ५१ हजार रुपैयाँ र उपविजेता न्यू स्टारले १ लाख ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । पहिलो हाफको २२ औं मिनेटमा न्यु स्टारका कप्तान सुरेन्द्र आङदेम्बेले पेनाल्टी मार्फत गोल गर्नबाट चुके । न्यु स्टारका खेलाडीलाई विपक्षीका खेलाडीले डिबक्स एरियाभित्र फल गरेपछि न्यू स्टारले पाएको पेलान्टीको अवसरलाई गोल गर्नबाट चुकेका थिए । पहिलो हाफको अतिरिक्त समयमा न्यू स्टारका सन्देश केसिले पहिलो गोल गर्दै १–० को अग्रता दिलाए । त्यस्तै, खेलको दोस्रो हाफ पछि ४५ र ४७ औं मिनेटमा क्रमशः रियल ब्रदर्शका समीर याक्खा र अंकित लिम्बूले २ गोल गर्दै खेलमा २–१ को अग्रता सहित जित दिलाए ।

फाइनल खेलको म्यान अफ दि म्याच द रियल ब्रदर्शका विशाल पाण्डे घोषित भए । उनले ३ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरे । विद्यागततर्फबाट बेस्ट गोलकिपर द रियल ब्रदर्शका राजन धिमाल, बेस्ट डिफेन्स पनि ब्रदर्शकै दिलिप धिमाल घोषित भए । बेस्ट मिडफिल्डर न्यू स्टारका दिपेन माझी, बेस्ट फरवार्ड ब्रदर्शका अंकित लिम्बू, हाइ स्कोरर न्यु स्टारका जुनियर साँवा बने । बेस्ट कोच ब्रदर्शका सागर कार्की बन्दा उदयीमान खेलाडी शिखरका समीर कटुवाल भए । खेल अवधिको सर्वोउत्कृष्ट खेलाडी रियल ब्रदर्शका धिरेन विष्ट र फेयर प्ले टिम सिरिजङ्गा एफसी घोषित भयो । विधागत तर्फ ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिदा सर्वोउत्कृष्ट खेलाडिले १२ हजार पाँच सय र फेयर प्ले टिमले १५ हजार प्राप्त ग¥यो ।

खेल सकिनासाथ ब्यापक रुपमा पटेका पड्काएर उत्सव मनाइएको थियो । खेल सुरु हुनुअघि किरात राई समुदायको साकेला, लिम्बू समुदायको च्याब्रुङ नाचको साथै रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरु स्वागत नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए ।

औपचारिक समापन कार्यक्रममा बोल्दैँ नगर प्रमुख दिलिपकुमार राईले नगरमा फुटबल, क्रिकेट र बुद्धिचाल (चेस) लगायतका प्रतियोगिताले स्थानीय खेलाडीको उत्पादन र नगरपालिकाको प्रचारमा टेवा पुग्दै आएको बताए । उनले आगामी दिनमा खेल र खेल क्षेत्रको लागि नगरबाट आर्थिक, भौतिक पक्षबाट अझ सहयोग गरिने समेत सुनाए ।

फाइनल खेलमा नगर प्रमुख दिलिपकुमार राई, इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनका नेपाल कार्यक्रम संयोजक राम बाँनिया, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पथरी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेत, क्याम्पस प्रमुख चेतन पौडेल, पञ्चायत माविका प्रमुख अर्जुन बुढाथोकी, मोरङ एन्फा अध्यक्ष दिपेन्द्र धिमाल, हाम्रो फाउण्डेशनका अध्यक्ष प्रदिपकुमार राई, युवा समाज सेवी गणेश थक्लुङ र चर्चित कलाकारहरु दिलिप रायमाझी, रमित ढुंगाना, गायकद्व्य डम्बर नेपाली, किरण गजमेरले लगायत उपस्थित थिए ।

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिको अध्यक्ष संजिव गिरीको सभापतित्वमा भएको कार्यक्रम सचिव मनि लिम्बूले सञ्चालन गरेका थिए । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सुरु भएको प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोग र इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पन्सर गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.