चैत १६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ५ जहदा रंगशालामा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको अन्तिम क्वाटर फाइनल खेलमा इटहरी उपमहानगरपालिका विजयी भएका छन् ।
बुधबार भएको खेलमा इटहरी उपमहानगरपालिकाले उर्लाबारी नगरपालिकाकालाई शुन्यको विरुद्ध ४ गोलको अन्तरले इटहरी विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको ५ औं मिनेटमा इटहरीका जर्सी न ३ का सुमिन तामाङले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको १० औं मिनेटमा जर्सी नं. ७ का खेलाडी उमेश राईले थप १ गोल गर्दै ०–२ को गोल अन्तर बनाएका थिए ।
खेलको दोस्रो हाफमा खेलको ५२ औं मिनेटमा इटहरीका तर्फबाट जर्सी नं. ३ का सुमिन तामाङले फेरी १ गोल थप्दै टिमलाई बलियो बनाएका थिए । खेलको ५५ आंै मिनेटमा इटहरीकै जर्सी नं. १० का उत्सव राईले गोल गर्दै खेललाई ०–४ को अन्तरमा बनाएका थिए ।
खेलको म्यान अफ दि म्याच इटहरीका जर्सी नं. ४ का अर्विन राई घोषित भए । उनले नगद १५ सय, ट्रफी र मेडल प्राप्त गरे । भोलीको सेमिफाइनल खेल कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिका विच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए ।