चैत २० गते, जहदा । मोरङको कानेपोखरी गाउँपालिकामा अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि लेटाङ नगरपालिकाले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा बेलवारी नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै लेटाङले सहज जित निकाल्दै उपाधि चुमेको हो । लेटाङका लागि अनुप मगर र सागर बिकले १–१ गोल गरेका थिए । खेलको दोेस्रो हाफ पछि ५० र ६५ औं मिनेटमा मगर र बिकले गोल गरेका थिए । खेलको अन्य समयमा दुवै तर्फबाट निकै आकर्षक प्रयासहरु भएपनि गोल भने हुन सकेन ।
उपाधीसँगै लेटाङले १ लाख नगद रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । बिद्यागततर्फ बेस्ट कोच लेटाङका इन्द्र राई, बेष्ट गोलकिपर बेलबारीका सन्तोष दनुवार, बेष्ट डिभेन्स लेटाङका राजु मगर, बेष्ट मिडफिल्डर बेलबारीका भक्त भण्डारी, बेष्ट फरवार्ड लेटाङका सागर विक र हाइस्कोरर लेटाङका आयुस लिम्बु र अनुप मगर घोषित भए । उनिहरुले जनहि ३ हजार, मेडल र ट्रफी प्राप्त गरे भने बेलबारीका पारष खत्री खेलको सर्वोउत्कृष्ट घोषित भए उनले ५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरे ।
औपचारिक समापन कार्यक्रममा कानेपोखरीबाट राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा खेलकुदबाट ख्याती कमाउन सफल बलबहादुर गुरुङ, डेनिम राई, सन्दिप सुनार, मणिकुमार राई, गंगा गुरुङ, जमुना गुरुङ र विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेलेर विश्व रेकर्ड राख्न सफल महिला खेलाडी दिपा अधिकारीलाई कानेपोखरी खेलकुद परिषदले सम्मान गरेको थियो ।
कानेपोखरी खेलकुद परिषद अध्यक्ष चरण गुरुङले अध्यक्षता गरेको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले समापन गरेका थिए । औपचारिक कार्यक्रममा विशेष अतिथिको रुपमा कानेपोखरी उपाध्यक्ष राजमती इङ्नाम, लेटाङ नगरप्रमुख प्रमुख शंकर राई, बेलवारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र अतिथिहरु एमाले मोरङ जिल्ला कमिटी सचिवलाय भोला अधिकारी, नेपाली काङ्ग्रेस कानेपोखरी सभापती योगेन्द्र दाहाल, माओवादी केन्द्र कानेपोखरीका प्रतिनिधि मनोज राजवंशी,लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौड्याल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोगी कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो । औपचारिक कार्यक्रमको सञ्चालन कानेपोखरी खेलकुद परिषदका सदस्य एविन पाठकले सञ्चालन गरेका थिए ।