चैत २२ गते, केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा टेन नवोदय विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा ईष्ट स्टार मधुमल्लालाई शून्यको विरुद्ध ४ गोलको अन्तरले टेन नवोद पथरीशनिश्चरे विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो हाफको १३ आंै मिनेटमा टेन नवोदयका मिन धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको ५३ औं मिनेटमा पुनः मिन धिमालले थप गोल गर्दै २–० को अग्रता बनाएका थिए । खेलको ६४ औं मिनेटमा सौरे राउतको पासमा विवेक लिम्बुले १ गतेल गरे भने अतिरिक्त समयमा सौरे राउतले अर्को गोल गर्दै टेन नवोदयले ४–० को फराकिलो जित निकालेका थिए भने त्यो सँगै मधुमल्लाले हार बेहोर्नु परेको थियो । खेलको म्यान अफ दि म्याच बिजेता टिमका कप्तान मिन धिमाल घोषित भए । उनले नगद २५ सय, ट्रफी र मेडल प्राप्त गरे ।
भोली बुधबारको खेल उर्लाबारी फुटबल क्लब र डाँगिहाट फुटबल क्लब विच खेल हुने आयोजकले जनाएका छन । केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।
विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।