
चैत २३ गते, केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको पाँचौ दिनको खेलमा डाँगीहाट फुटबल क्लब विजयी भएका छन् ।
बुधबार भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई शून्यको विरुद्ध १ गोलको अन्तरले डाँगीहाट फुटबल क्लब विजयी भएको हो । खेलमा डाँगीहाट फुटबल क्लबका मिलन परियारले लगाएको १ गोल नै निर्णायक गोल बनेका थिए ।
खेलको म्यान अफ दि म्याच बिजेता टिमका जर्सी नं. २ का सुरेन खवास घोषित भए । उनले नगद २५ सय, ट्रफी र मेडल प्राप्त गरे । पहिलो १ मात्र गोल कर्ता मिलन परियारलाई पनि १५ सयले पुरस्कृत गरिएका थिए ।
भोली विहिबारको खेल आयोजक केचना फुटबल क्बल बी र गोर्खाली युनाईटेड रतुवामाई विच खेल हुने आयोजकले जनाएका छन । केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।
विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।