असार २४ गते, विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा आज सम्पन्न एभरेष्ट कप बास्केट बल प्रतियोगितामा सुनसरीे धरानकै विद्यालयले तीनवटै उपाधि जितेका छन् ।
विराटनगर बास्केटबल संघले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा धरानको होलिल्याण्ड इन्टरनेशनल स्कुल प्रथम भएको हो । द्धित्तिय र तृतिय पनि क्रमशः धरानकै चिल्ड्रेन एकेडेमी र डिपोट सेकेण्डरी स्कुल भएका छन् । विजेता टीमहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित कप र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा इटहरी, धरान, विराटनगर र विर्तामोडका गरि १२ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए । यसैबिच आजै सम्पन्न एभरेष्ट कप पौडी प्रतियोगितामा कृतिक कार्की प्रथम हुनुभएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै एभरेष्ट कलेजले नै आयोजना गरेको पौडी प्रतियोगितामा कृतिक उत्कृष्ट खेलाडि हुँदै नगद ७ हजार सहित मेडल प्राप्त गरेका छन् । यस्तै द्धित्तिय हुनुभएका राज कार्कीले नगद ५ हजार र मेडल प्राप्त गरेका थिए भने तृतिय भएका अभियान बुढाथोकीले नगद ३ हजार र मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत खेलाईएका ५० मिटर, १०० मिटर र २०० मिटरको फ्रि–स्टाईलका स्पर्धा गराइएको थियो । जस अन्तर्गत ५० मिटरमा कृतिक कार्की प्रथम, मयक मलू दित्तिय र राज कार्की तृतिय भए भने, १०० मिटर स्पर्धामा राज कार्की प्रथम, कृतिक कार्की द्धित्तिय र क्षितिज चौधरी तृतिय भए । २०० मिटरको स्पर्धामा कृतिक कार्की प्रथम, अभियान बुढाथोकी द्धित्तिय र राज कार्की तृतिय भए ।
६० जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको सम्पूर्ण स्पर्धाको मूल्याङ्कनबाट कृतिक प्रथम, राज द्धित्तिय र अभियान तृतिय भएको पौडी प्रतियोगिताको संयोजक समेत रहेका प्रशिक्षक इन्द्रराज भण्डारीले जानकारी दिए ।
बास्केटबल प्रतियोगिताको मुख्य प्रायोजन एभरेष्ट कलेजले गरेको हो भने मेडिकल पार्टनर नोबेल मेडिकल कलेज र फुड पार्टनरमा एम्स कलेज रहेका थिए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, कलेजका अध्यक्ष, विनोद ढकाल, क्याम्पस प्रमुख टिकाराम पुरी, प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बा लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय समिति मोरङका प्रमुख गौतमले एभरेष्ट कलेजले अध्ययनका साथै अतिरिक्त कृयाकलापका लागि समेत गरेको लगानीको प्रशंशा गरे । एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले काठमाडौं उपत्यका बाहिर अझ विशेषगरि मोरङमा पनि बास्केटबलको प्रवद्र्धन गर्न एभरेष्टले लगानी गरेको बताए ।