साफ यू २० च्याम्पियन्सिपमा भारतसँग नेपालको लज्जास्पद हार - SportsNepal07

साफ यू २० च्याम्पियन्सिपमा भारतसँग नेपालको लज्जास्पद हार

साउन १५ गते, काठमाडौं । साफ यू २० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा भारतसँग नेपालको लज्जास्पद हार व्यहोरेको छ । खेलमा नेपाल भारतसँग ८–० को पराकिलो हार व्यहोरेको हो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका दिएन ।

खेलको ३२ औं मिनेटमा टाइसन सिंह लोइटङबमले भारतका लागि गोल गरेका हुन् । नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे । दोस्रो हाफको सुरुवातमै भारतले लगातार गोल गर्दै अग्रता बढायो । पार्थिव गोगोइले ५२ औं मिनेटमा गोल गर्दै २–० ले अघि बढाए । त्यसको एक मिनेटमै पार्थिवले व्यक्तिगत दोस्रो गोल थपे ।

६२ औं मिनेटमा टाइसनले गोल गर्दैै भारतलाई ४–० ले अघि बढाए । ७१ औं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । हिमांशु झाङ्ग्राले गोल गर्दै स्कोर ५–० बनाए । टंकधरले ७८ औं मिनेटमा गोल गर्दै ६ गोलले अघि बढाए । गुर्किरत सिंहले ८९ औं मिनेटमा गोल गर्दै ७–० बनाए । सुभो पलले इन्जुरी समयमा गोल गर्दै ८–० को जित दिलाए ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ । मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर