भदौ ३, पोखरा । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न विशेष प्रशिक्षण आजबाट सुरू भएको छ ।
शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव उद्घाटन गरेको हो । पहिलो चरणमा पोखरा सहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएका छन् ।
नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षकबिनै प्रशिक्षणमा भाग लिनेछन् । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव गुरुङले बताए ।