असोज ३ गते, काठ्माडौं । बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको विजेता बनेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै पहिलो पटक बंगलादेशले उपाधि हात पारेको हो ।
फाइनल खेलको पहिलो हाफमा बंगलादेशसँग नेपाल २–० गोलले पछि परेको थियो । खेलको १३ औँ मिनेटमा शाम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको ४१ औँ मिनेटमा श्रीमोती सरकारको गोलसँगै बंगलादेशले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
दोस्रो हाफको ६९ औँ मिनेटमा नेपालले एक गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गर्दै खेल २–१ को अवस्थामा फर्काएकी थिइन् ।
खेलको ७५ औँ मिनेटमा बंगलदेशका लागि पुनः श्रीमोती सरकारले गोल गरिन् । उनको गोलसँगै बंगलदेशले ३–१ को जित निकालेको हो । जितसँगै बंगलादेशले साफमा पहिलो पटक उपाधि जित्दै इतिहास रचेको छ ।
लगातार पाचौँ पटक विजेता बनेको भारत सेमिफाइनलबाटै पराजित भएपछि साफले नयाँ विजेता टिम पाएको हो । सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै भारत सेमिफाइनलबाटै घर फर्किएको थियो ।