उद्घाटन खेलमा बुद्ध युनाइटेड र क्लासिक हसन्दह विजयी - SportsNepal07

उद्घाटन खेलमा बुद्ध युनाइटेड र क्लासिक हसन्दह विजयी

असोज २२ गते, पथरी । तेस्रो पथरीशनिश्चरे नगर स्तरीय प्रिमियर क्रिकेट लिग प्रतियोगिता मोरङको पथरीशनिश्चरे रंगशालामा आज देखि सुरु भएको छ ।

उद्घाटन खेलमा टस जितेर ब्यटिङ रोजेको बुद्ध युनाइटेडले सात बाघ किर्तिपुरलाई चार वीकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुद्ध युनाइटेडले १०८ रनको टार्गेट दिएकोमा सात बाघ १९ ओभर ४ बलमा अलआउट भएको थियो । पहिलो खेलको म्यान आफ द म्याच बिजेता बुद्धा युटाइटेडका खेलाडि विशाल तामाङ घोषित भए । उनले टिमको लागि ३८ रनको योगदान गरेका थिए ।

आजै भएको दोस्रो खेलमा क्लासिक हसन्दहले विरेन्द्रनगर स्टिल टाइगरलाई ७६ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको क्यासिक हसन्दहले विरेन्द्रनगरको लागि १४७ रणको टार्गेट दिएको थियो । विरेन्द्रनगरले पुरा ओभर खेले पनि ७६ रन मात्र जोडेका थिए । दोस्रो खेल बिजेता क्लासिक हसन्दहका ५० रनको योगदान दिने देबेन्द्र थापा म्यान आफ म्याच घोषित भए । खेल जितेसँगै बुद्ध युनाइटेड र क्लासिक हसन्दहले २–२ अंक जोडेको छ ।

भोलिको खेल ंरोयल किङ्स भर्सेज हिसाब किताब ट्राईडेन्ट र दोस्रो खेल आइतबारे अस्त्र भर्सेज मंगलबारे लिजेन्डवीच प्रतियोगिता हुने आयोजक समितिको अध्यक्ष अरुण राईले बताए ।

लिग बिजेता टिमलाई १ लाख ११ हजार १११, उपविजेता टिमलाई ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने अयोजक समितिका जनाएको छ ।

प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट ब्याटर, बलर, क्षेत्र रक्षक, उदयमान खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजक समितिको सदस्य बिरोज मगरले बताए । प्रतियोगिता आज (असोज २२ देखि सुरु भएर) कार्तिक ६ गते समापनहुने बताइएको छ ।

तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता नगरप्रमुख मोहन तुम्बापोको हातबाट उद्घाटन भएको छ । नगर प्रमुख तुम्बापोले ब्याटिङ र ३ नं. वडा अध्यक्ष बिजय लिम्बूले बलिङ गरेर खेलको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता आयोजक समितिको अध्यक्ष अरुण राईले नगरमा क्रिकेट मैदान व्यबस्थापन गर्न नगर प्रमुखलाई अनुरोध गरेका छन् । स्वागत मन्तब्यको क्रममा राकेश राई र उद्घोषक विरोज मगरले पनि क्रिकेट मैदान व्यवस्थापन गर्न नगर प्रमुखलाई ध्यान आकर्षण गराएका थिए । उद्घाटन कार्यक्रममा २ नं. वडा अध्यक्ष नैन राई र ८ नं. वडा अध्यक्ष नवीन जंङ कार्की, पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिको उपाध्यक्ष बिक्की राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर