
माघ ४ गते, धरान । पोखरामा आहा रारा गोल्डकप आयोजना अघि धरान फुटबल क्लबलाई सहभागी नगराउन आग्रह गर्दै मनाङ मस्र्याङ्दी क्लबले लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल मात्र भएन, धरान फुटबल क्लबको सर्वत्र आलोचना भएको थियो ।
क्लबले २२ औं सँस्करणको विजेता मनाङलाई पुरस्कार राशी अहिलेसम्म दिन सकेको छैन । मनाङले सोही कुरा उल्लेख गर्दै आहा रारा गोल्डकपको आयोजकलाई पत्राचार गरेपछि क्लब आलोचित बन्यो ।
क्लबले भने कोरोना महामारीको कारण राखेपबाट प्राप्त हुने पुरस्कार रकम फ्रिज भएको जनाएको छ ।
यस्तै, विगतका प्रतियोगिताहरुमा प्रदान गरिदै आएको प्रथम पुरस्कार राशी तत्कालिन १ नम्बर प्रदेश सरकारबाट पनि प्राप्त हुन नसकेकोले पुरस्कार राशी दिन नसकेको विज्ञप्तीमा उल्लेख छ । ‘तर हामीले २३ औं सँस्करण आयोजना मिति अगावै पुरस्कार राशी सम्बन्धित क्लबहरुलाई उपलब्ध गराउने जानकारी अखिल नेपाल फुटबल संघमार्फत जानकारी गराइसकेका छौं,’विज्ञप्तीमा भनिएको छ ।