सनम रोक्का
२८ असोज, कानेपोखरी । ‘लागुऔषधि विरुद्ध हाम्रो अभियान, युवालाई खेलकुदमा प्रोत्साहन’ भन्ने मुल नाराका साथ दोश्रो खोरिया नकआउट फुटबल प्रतियोगिता शनिबार देखि सुरु. भएको छ ।
मातृभूमि समाज सेवा युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलमा द रियल ब्रदर्श पथरीले सुरुवाती जित निकालेको छ । आयोजक मातृभूमी समाज सेवा युवा क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै द रियल ब्रदर्श पथरीले जित निकालेको हो ।
निर्धारित समयमा दुवै टिमबाट कुनैपनि गोल हुन नसकेपछि खेलको छिनोफानो टाइब्रेकर मार्फत लिइएको हो । खेल अवधिमा दुवै तर्फबाट निकै उत्कृष्ट प्रहारहरु भएपनि गोलले जाली भने चुम्न सकेन । खेलको म्यान अफ दिन म्याच आयोजक क्लबका ८ नम्बर जर्सि शम्भु राई घोषित भए । उनले ११ सय रुपैयाँ नगद सहित ट्रफि र मेडल प्राप्त गरे ।
आज आइतबारको खेल केचना एफसी सुनवर्शी र नवप्रतिभा एफसी कानेपोखरीका बीच हुने आयोजकले जानकारी दिए ।
वडा नं. ४ स्थित खोरियाको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिता कार्तिक ४ गते समापन हुने छन् ।
खेलमा ‘ए’ पोलबाट मातृभूमि समाज सेवा युवा क्लब आयोजक, द रियल ब्रदर्श एफसी पथरीशनिश्चरे, केचना फुटबल क्लब सुनवर्सी र नव प्रतिभा फुटबल क्बल कानेपोखरी खेल्ने छन् । त्यसैगरी ‘बी’ पोलबाट प्रगतिशिल समाज सेवा कानेपोखरी, सिसौली फुटबल क्लब बेलबारी, पिसिएफसी पथरी र हिमाल युनाइटेड कानेपोखरी खेल्नेछ्न ।
खेलमा प्रथम हुनेले ४१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले २१ हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् । खेलको समापनमा विभिन्न विद्यामा खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक मातृभूमि समाज सेवा क्लबका अध्यक्ष लिला बहादुर बुढाथोकीले जानकारी दिए ।