
२९ असोज, बेलबारी । बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार युकेएफसी भारत र सलहेस युवा क्लब सिराह बिच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ । सहलेसले शुन्यका बिरुद्ध ४ गोल गरेको छ ।
सहलेशका लागि वान भर्सेर वानमा फैजलले २४ मिनेटमा, फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेट, विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र फोफोना ईभ्राईनले खेलको ६० मिनेटमा चौथो गोल गरेका थिए ।
खेलको दोस्रो हाफको १७ मिनेटमा राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश संसद ज्ञानेन्द्र सुबेदी रहेका थिए । खेलका म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना ईभ्राईम घोषित भए । भोलीको खेल रारा फुटवल क्लव राजारानी धनकटा र व्रिगेड ब्वाईज काठमाडौंका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवाले बताए ।
