२२ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो ।
मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ । लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ ।
पहिलो सेटको सुरुमा ५–१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६–५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६–१० को अवस्थामा पुज्ञे । त्यसपछि एक समय २०–२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५–२१ ले पहिलो सेट जित्यो ।
दोस्रो सेटको सुरुवातमा २–० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६–४, १०–५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०(२० को अवस्थामा पुज्ञे । त्यसपछि इरानले अग्रता लिँदै २४(२१ को अवस्थासम्म पुज्ञे ।
त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४(२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८–२६ ले दोस्रो सेट जित्यो ।