सनम रोक्का
५ कार्तिक, कानेपोखरी । कानेपोखरी–५ स्थित कालीकोशी युवा समाजद्वारा आयोजित दोश्रो नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नव प्रगतिशिल समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लबलाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लबले पहिलो जित हात पारेको हो ।
नव प्रगतिशीलका लागी खेलको पहिलो मिनेटमै प्रशान्त प्रधानले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी नवप्रतिभाले क्रमश खेलको ४ औं, ७ औं र १२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ४–१ को अग्रता पु¥याएको थियो ।
दोश्रो हाफको १८ औं मिनेटमा कालिकोशीका लागि सुजन लिम्बूले पहिलो सान्तवना गोल फर्काए पनि खेलको अन्तिम समय ३४ औं मिनेट नवप्रगतिशीलले पाँचौ गोल गर्दै अग्रतालाई ५–१ पु¥याएर खेलको पहिलो जित निकालेको हो । पहिलो खेलबाट म्यान अफ दि म्याच नवप्रगतिशीलका ह्याट्रिक गोलकर्ता बिक्रम लिम्बूलाई रमाइलो प्रहरी चौकीका सई मोहन कुमार प्रधानले पुरस्कृत गरेका थिए ।
नव प्रगतिशिल समाज सेवा क्लब
दम्का बुधे फुटबलको ६ गोल
दोश्रो खेलमा क्याम्पसडाँडा फुटबल क्लबलाई दम्का बुधे फुटबल क्ल्बले ६–० गोल अन्तरले पछि पार्दै खेल जितेको छ ।
खेलको १२ औं मिनेटमा अदम मगरले पहिलो गोल गरेका थिए भने खेलको दोश्रो हाफको दोश्रो मिनेटमा निशान राईले दोश्रो गोल गर्दा पुनः तेस्रो मिनेटमा संयोग थापाले अर्को गोल थपे । निशाल राईले ८ औं मिनेटमा अर्को गोल थप्दा पाँचौ गोल भने पेनाल्टी मार्फत ९ औं मिनेटमा राईले नै गरेका थिए ।
खेलको छैठौं गोल १५ औं मिनेटमा निशान राईले गर्दै ६–० को अग्रता सहित दम्का बुधेले खेल जितेको हो । दोश्रो खेलबाट म्यान अफ दि म्याच घोषित भएका संयोग थापालाई पत्रकार दिनेश सुब्बाबाट पुरस्कृत गरिएको थियो ।
उद्घाटन खेल कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङले फुटबल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष खिलराज भट्टराईको सभातित्वमा भएको कार्यक्रममा अतिथिहरुमा वडा सदस्य दिपक लुइटेल, रमाइलो प्रहरी चौकीका इन्चार्ज मोहन कुमार प्रधान लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताए ।
दम्का बुधे फुटबल क्लब