७ कात्र्तिक, हरकपुर । मोरङको कानेपोखरी–३ स्थित तल्लो हरकपुरमा जारी दोस्रो दिनको खेलमा कानेपोखरी फुटबल क्बल र हरकपुर स्पोर्टिङ क्लब विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा गोर्खा युनाइटेड उर्लाबारीलाई २–४ गोलको अन्तरले कानेपोखरी फुटबल क्लबले जित निकालेको थियो ।
कानेपोखरी एफसीका अर्जुन राई र रोशन सापकोटाले २, २ गोल गरेका थिए भने कानापोखरी एफसीका गोल रक्षकले रेडकार्ड पाएका थिए । त्यस्तै गोर्खा युनाइटेडका विशाल राईले १ गोल र जर्सी नं. ११ का खेलाडीले १ गोल गरेका थिए ।
दोस्रो खेलमा मैनावारी फुटबल क्लबलाई १–३ गोलको अन्तरले पाखा लगाउँर्दै हरकपुर स्पोर्टिङ क्लबले सानदार जित निकालेको हो ।
हरकपुर स्पोर्टिङ क्लबका आयुष लिम्बुले २ गोल गरेका थिए भने युकेश लिम्बु र विवेक कार्कीले १, १ गोल गरेका थिए ।
भोली विहिबारको पहिलो खेल पूर्वाञ्चल युनाइटेड गोठगाउँ र रमाइलो फुटबल क्लब बीच हुने छ भने दोस्रो खेल केचना फुटबल क्लब सुनबर्सी र मातृभूमि समाज सेवा क्लब बीच हुनेछ ।
वडा नं. ३ को मंगलबारे बजार उत्तरको खेलमैदानमा खेल भैरहेको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् भने दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सहभागि हुने टिमले इन्ट्री–फि प्रत्येक टिमबाट ५ हजारका दरले आयोजकलाई तिर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रतियोगिताको समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट खेलाडी, अनुसाशित खेलाडीले म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने तयारी रहेको क्लबका सचिव सुमन लिम्बुले बताए ।