सनम रोक्का
८ कात्र्तिक, कानेपोखरी । मोरङको कानेपोखरी ५ स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा जारी आज दोश्रो नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलबाट नव स्पोर्टिङ फुटबल क्लब २५ बिगे र केराबारी फुटबल क्लबले जित हात पार्दै क्वाटर फाइनलमा पुगेको छ ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा जहदा फुटबल क्लवलाई ५–० गोल अन्तरले हराउँदै नव स्पोर्टिङ फुटबल क्लब २५ बिगेले पहिलो जित हात पार्दै क्वाटर फाइनलमा पुगेको हो ।
खेलको दोश्रो मिनेटमा २५ बिगेको लागि अरुण राईले पहिलो गोल गर्दै अग्रता सुरुवात गरेका थिए । त्यसको ५ मिनेट नबित्दै ७ औं मिनेटमा रोयल मुर्मुले दोश्रो गोल गरि खेललाई २–० को अग्रता पु¥याउँदा तेस्रो गोल पुन १३ औं मिनेटमा अरुण राईले गरे । दोश्रो हाफको २४ औं र २६ औं मिनेटमा उमंग लिम्बूले क्रमश दुई गोल गर्दै खेलको अग्रता ५–० बनाएर २५ बिगेले खेल जित्यो ।
नव स्पोर्टिङ फुटबल क्लब
दोश्रो खेलमा ३–२ गोल अन्तरले सिद्धार्थ फुटबल क्लब इटहरीलाई हराउँदै केराबारी फुटबल क्लबले खेल जितेको छ । केराबारीका लागि पहिलो मिनेटमै अनिल परियार पहिलो गोल गर्दै खेलको अग्रता सुरुवात गरे । त्यसको ३ मिनेट बित्न नपाउदै इटहरीका आरुष चौधरीले खेललाई बराबरीमा ल्याए ।
खेलको १२ औं मिनेटमा पहिलो गोलकर्ता परियार दोश्रो गोल गर्दा १५ औं मिनेटमा प्रवेश बस्नेतले तेस्रो गोल गर्दै खेललाई ३–१ मा पु¥याए । दोश्रो हाफको १ मिनेटमा सिद्धार्थका लागि अजिव क्षेत्रीले एक गोल फर्काए पनि खेल जित्नका लागि पर्याप्त हुन सकेन । यस खेलबाट म्यान अफ दि म्याच केराबारी फुटबल क्लबका अनिल परियार घोषित भए ।
प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।
केराबारी फुटबल क्लब