सनम रोक्का
१० कार्तिक, केरौन । मोरङको कानेपोखरी–५ स्थित रमाइलो क्याम्पसको खेलमैदानमा जारी दोश्रो नकआउट फुटबल प्रतियोगिताको खेलबाट मातृभूमी समाजसेवा युवा क्लब र दम्का बुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको नव प्रगति फुटबल क्लब जहदालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै मातृभूमी समाजसेवा युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि खेलमो छिनोफानो टाइब्रेकरले गरेको थियो ।
खेलको ३ औं मिनेटमा नव प्रगतिका लागि प्रशान्त प्रधानले पहिलो गोल गर्दै अग्रता लिएका थिए । खेलको ६ मिनेटमा मातृभूमिका राज कटुवालले आफ्नो टिमका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
मातृभूमी समाजसेवा युवा क्लब
दोश्रो हाफको ३ औं मिनेटमा नव प्रतिभाका प्रशान्त प्रधानले दोश्रो गोल गर्दै खेललाई २–१ मा पु¥याउँदा ७ औं मिनेटमा मातृभूमीका दिपेश भुजेलले दोश्रो गोल गर्दा खेल २–२ को बरावरीमा सकियो । यस खेलबाट म्यान अफ दि म्याच मातृभूमीका आलोक लिम्बू घोषित भए ।
दोश्रो खेलबाट दमक डाकिनी वारियर्सलाई २–१ गोल अन्तरले हराउँदै दम्का बुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । दम्का बुधेका लागि ९ औं र १८ औं मिनेटमा निशान राई र करण थापाले गोल गरेका थिए भने दमकका लागि १ मात्र गोल ७ औं मिनेटमा रोशन तामाङले गरेका थिए ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।
तस्विरहरु : विवेक खतिवडा
दम्का बुधे फुटबल क्लब