सनम रोक्का
१४ कार्तिक, केरौन । दम्का बुधे एफसीले दोश्रो कालीकोशी नकआउट फुटबल प्रतियोगिताको उपाधिका चुमेको छ ।
बुधवार सम्पन्न फाइनल खेलमा मातृभूमी समाजसेवा युवा क्लबलाई ३–२ गोलको अन्तरले हराउँदै दम्का बुधे एफसीले उपाधि चुम्मेको हो ।
खेलको ७ औं मिनेटमा दम्का बुधेका मौसम लिम्बुले सुरुवाती अग्रता दिलाए । त्यसको १६ मिनेटपछि पुनः २३ औं मिनेटमा निशान राइले अर्को गोल थप्दै खेल अंकलाई दोब्बर गरे । त्यसपछि जवाफी गोलमा मातृभूमीका मनिष लिम्बूले ३२ औं मिनेटमा आफ्नो टिमको लागि पहिलो गोल गरे । खेलको ३५ औं मिनेटमा गोल सुवास तामाङ्ले दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए । दम्का बुधेको तर्फबाट फेरी ४१ औं मिनेटमा अंकित लिम्बूले १ गोल थप्दै आफ्नो टिमलाई उपाधि दिलाए ।
खेलको म्यान अफ दि म्याच मातृभूमीका सुवास तामाङ घोषित भए । सो सँगै विजेता टिमले नगद ५० हजार रुपैयाँ र उपविजेता हुने टिमले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
खेल अवधीभरबाट म्यान अफ दि टुर्नामेन्टको उपाधी दम्का बुधेका सरोज श्रेष्ठले प्राप्त गरे भने बेस्ट गोलकिपर दम्काकै दावा तामाङ घोषित हुँदा हाइ स्कोररको ट्रफी सोही टिमका निशान राईले प्राप्त गरे ।
समापन खेलको प्रमुख अतिथि कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङ रहेका थिए । उनले आफ्नो भनाइ राख्ने क्रममा प्रतियोगिताले फुटबल खेल र खेलाडीको विकास गर्न सहयोग पुगेको बताए । प्रतियोगिताको आयोजना कालिकोशी युवा समाज, कानेपोखरी ५ क्याम्पसडाँडाले गरेको हो ।
तस्विर : विवेक खतिवडा /दुर्गेश खतिवडा