हरकपुर फुटबल खेल : कानेपोखरी र जुरा एफसी बिजयी - SportsNepal07

हरकपुर फुटबल खेल : कानेपोखरी र जुरा एफसी बिजयी

२९ असोज, मोरङ । कानेपोखरी– ३ स्थित हरकपुरमा जारी दोश्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा कानेपोखरी एफसी र जुरा एफसी बिजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा टान्डी फुटबल क्लबलाई २ को विरुद्ध ५ गोलको अन्तरले कानेपोखरी फुटबल क्लब बिजयी हुर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा कानेपोखरीको तर्फबाट मिक्सन दास ३ गोल, प्रशान प्रधान र करण राई १–१ गोलले जाली चुमाएका थिए ।

त्यस्तै टान्डी फुटबल क्लबबाट प्रमोद नेपाली र पदम मगरले १–१ गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच कानेपोखरीका मिक्सन दास घोषित भए ।

त्यस्तै दोस्रो चरणको खेलमा नव प्रतिभा युवा क्लब आयोजकलाई शून्यको विरुद्ध ४ गोल गर्दै जुरा फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको क्यान अफ दि म्याच जुरा फुटबल क्लबका आशिष मगर घोषित भएका थिए ।

आज बुधबारबाट दोस्रो चरणको खेल हुने क्लबका सचिव सुमन थोक्लेन लिम्बूले बताए । पहिलो खेल हिमाल युनाइटेड क्लब र कीर्तिपुर फुटबल क्लब बीच हुनेछ भने दोस्रो खेल जहदा र शिवालय फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।

खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने आयोजकले बताए ।

प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोट्र्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोट्र्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.