
३० असोज, मोरङ । कानेपोखरी– ३ स्थित हरकपुरमा जारी दोश्रो संस्करण खुल्ला नकआउट फुटबल प्रतियोगितामा कीर्तिपुर फुटबल क्लब र शिवालय एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो खेलमा हिमाल युनाइटेड क्लब र कीर्तिपुर फुटबल क्लब बीच निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेलको छिनोफानो टाईब्रेकरले गरेको थियो ।
टाइब्रेकरको कीर्तिपुरको तर्फबाट पूर्ण मगर, विशाल राई र संयोग लिम्बूले १–१ गोल गरेका थिए ।
त्यस्तै हिमाल युनाइटेड क्लबका अस्विन राई र सविन राईले १–१ गोल गरेका थिए भने तारा श्रेष्ठ र समिर वि.कले गोल पोष्ट बाहिर हानेका थिए । टाइब्रेकरको खेलमा हिमाल युनाइटेड क्लबलाई २–३ गोलको अन्तरले कीर्तिपुर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका थिए ।
खेलको क्यान अफ दि म्याच कीर्तिपुरका दावा तामाङ घोषित भएका थिए । उनले पुरस्कार स्वरुप ५५० नगद पाएका थिए ।
दोस्रो खेलमा जहदा फुटबल क्लबलाई १–३ गोलको अन्तरले परिाजित गर्दै शिवालय फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिवालयको तर्फबाट रोशन आचार्य, बुद्ध तामाङ र सौरे राउतले १–१ गोल गरेका थिए । त्यस्तै जहदा फुटबल क्लबको तर्फबाट डेनिम राईले सान्तावना १ गोल फर्काएका थिए ।
खेलको क्यान अफ दि म्याच शिवालयका बुद्ध तामाङ घोषित भएका थिए । उनले पुरस्कार स्वरुप ५५० नगद पाएका थिए ।
आजको खेल क्लब र कीर्तिपुर फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको सचिव लिम्बूले जनाए ।
खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार गरिने क्लबका सचिव सुमन थोक्लेन लिम्बुले जनाए ।
प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोट्र्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोट्र्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहेको छ ।





