पच्चिस विघे कपको उपाधि बेलचौरीको पोल्टामा - SportsNepal07

पच्चिस विघे कपको उपाधि बेलचौरीको पोल्टामा

६ कार्तिक, मोरङ । कानेपोखरी–७ स्थित पच्चिस विघेमा बुधबार भएको फाइनल खेलमा बेलचौरीले उपाधी जितेको हो ।

नव स्पोर्टिङ क्लबद्वारा आयोजित प्रथम पच्चीस विघे कप २०८२ को उपाधी बेलचौरीले उपाधी हात पारेको हो ।  खेलमा द ब्वाइज क्लब, लेटाङलाई १-४ गोल अन्तरले हराउँदै बेलचौरी एफसी, बेलबारीले हराएको थियो ।

खेलको १३ औं मिनेटमा बेलचौरीका मिङ्सो लिम्बूले पहिलो गोल गरे । खेलको  २५ औं मिनेटमा मिङ्सो लिम्बूको पासलाई सदुपयोग गर्दै नितेश लिम्बूले दोश्रो गोल गरे । पहिलो हाफ २-० को अन्तरमा समाप्त भएको थियो ।

दोश्रो हाफको ४ औं मिनेटमा बेलचौरीका नितेश लिम्बूको कर्नर लाई विपक्षीका खेलाडीले बचाउँन नसक्दा पुनः क्रिस्चल थापाले बेलचौरीका लागि तेश्रो गोल गरे । २२ औ मिनेट लेटाङका गोलकिपरले रेड कार्ड पाए ।खेलको २९ औ मिनेटमा लेटाङका लागि अनुप मगरले  सान्त्वना गोल गरे । खेलको अतिरिक्त समयमा पुनः बेलचौरीका लागि नितेश लिम्बूले चौथो गोल गर्दै खेलको ४-१ अन्तरमा समाप्त भयो ।

फाइनल खेलको म्यान अफ दि म्यान बेलचौरीका नितेश लिम्बू घोषित भए ।

खेलमा राइजिङ स्टारको उपाधी नव स्पोर्टिङ युथ क्लबका उमंग लिम्बू, बेस्ट मिडफिल्डरबाट लेटाङका सन्दिप मगर, हाइ स्कोररबाट बेलचौरीका मिङ्सो लिम्बू, बेस्ट प्लेयर अफ टुरानामेन्ट्बाट लेटाङका सौलेन लामा घोषित हुँदा बेस्ट डिफेन्डरको उपाधी बेलचौरीका विजय राई र बेस्ट गोलकिपरबाट बेलचौरीका अर्जुन लिम्बू घोषित भए ।

प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम,  विशिष्ट अतिथी वडा नम्बर ७ का अध्यक्ष मोहनप्रसाद अधिकारीले विजेता र उपबिजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

 कार्यक्रममा विभिन्न पार्टीका राजनितीज्ञ, समाजसेवी लगायत स्थानीयहरुको बाक्लो उपस्थित रहेको थियो ।

तस्विर विवेक खतिवडा

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.