आईसीसी विश्व क्रिकेट: यूएईसँग नेपालको हार - SportsNepal07

आईसीसी विश्व क्रिकेट: यूएईसँग नेपालको हार

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।
रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।

यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 SportsNepal07.