काठमाडौं, ३० चैत्र ।
कर्णाली प्रदेशमा गरिएका दुई सय ८२ जनाको र्यापिड डाइगोनेष्टिक टेस्टमा सबै रिपोर्ट नेगेटिभ आएका छन् ।
आइतबार सुरु गरिएको परीक्षणमा कर्णालीका विभिन्न जिल्लाका दुई सय ८२ जनाको र्यापिड टेस्ट किट्सबाट परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ पाइएको हो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीले दिएको जानकारी अनुसार सुर्खेतमा दुई सय २२, हुम्लामा २५ जना, सल्यानमा २२ जना, जाजरकोटका ११ जना र रुकुुम पश्चिममा दुई जनाको आइतबार परीक्षण गरिएको हो ।
भारत र अन्य देशबाट आएका व्यक्तिहरुको परीक्षण गरिएको भन्दै निर्देशक भण्डारीले र्यापिड टेस्टबाट मात्र पाँच हजार व्यक्तिको कोरोना भाइरस परीक्षण गरिने योजना रहेको जानकारी दिइन् ।
कोरोना परीक्षणका लागि कर्णाली प्रदेशमा स्थापना गरिएको प्रयोगशालामा आइतबारसम्म एक सय २९ जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगटिभ आएको बताइएको छ ।
परीक्षणका लागि काठमाडौं पठाइएका पाँच सय ८६ नमूनामध्ये एक सय ७२ जनाको रिर्पोट नेगेटिभ प्राप्त भएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको निर्देशक भण्डारीको भनाइ छ ।