दोस्रो अध्यक्ष कप उदुघाटन, उद्घाटन खेलमा ७ नम्बर विजयी - SportsNepal07

दोस्रो अध्यक्ष कप उदुघाटन, उद्घाटन खेलमा ७ नम्बर विजयी

माघ २६ गते, धुमल्ला–मोरङको मिक्लाजुङ गाउँपालिकामा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता उद्घाटन भएको छ ।
बुधबार भएको वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई १–० अन्तरले हराउँदै वडा नम्बर ७ विजयी भएको छ । खेल ८ औं मिनेटमा वडा नम्बर ७ का सञ्जय दनुुवारले गरेको आकर्षक प्रहारले जाली चुम्दै खेललाई १–० ले अग्रता दिलाए । सञ्जयको त्यो प्रहार नै निर्णायक गोल बन्यो । खेलको मध्यान्तर पछि निक्कै आक्रमक वनेका वडा नम्बर ४ ले ७ नम्बरको पोष्टमा गोल गर्न भने सकेन ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले खेलको उद्घाटन गरेका थिए । उद्घाटनमा मोरङ जिल्ला फुडबल संघ अध्यक्ष दिपेन्द्र धिमाल सहितले हावा भरेको बेलुन उडाई खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा खेलकुद विकाश समिति मिक्लाजुङकी संयोजक सरला राईले स्वागत मन्तव्य राखेका थिइन् ।
कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत शशि राई, वडाध्यक्षहरु, संगितकार बिशाल राई, मिक्लाजुङका संघ संस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । भोली विहिवारको खेल वडा नम्बर ६ र ९ बिच हुने खेल व्यवस्थापन समितिका संयोजक मदन श्रेष्ठले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर