
माघ २८ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा वडा नम्बर ५ बिजयी भएका छन् ।
वडा नं. ३ लाई ट्राइवेकरमा ४–२ को अन्तरले हराउँदै वडा नं. ५ बिजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन ।
निर्धारीत समय गोल रहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो टाइब्रेकरले गरेको थियो । खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का गोल रक्षक निशान मगर घोषित हुदै पुरस्कार प्राप्त गरेका थिए ।
शनिबारको खेल वडा नम्बर १ र ८ बिच हुने खेल व्यवस्थापन समितिका संयोजक मदन श्रेष्ठले बताए ।
