
लङ्सिङ श्रेष्ठ
फागनु १ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शनिबार सम्पन्न भएको खेलमा वडा नं. १ विजयी भएको छ ।
वडा नम्बर ८ लाई २–० को गोल अन्तरले हराउँदै वडा नं. १ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको हो । वडा नं. १ का दिलिप राईले खेलको १५ औं मिनेटमा गरेको उत्कृष्ट प्रहारले जाली चुम्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । जवाफमा वडा नं. ८ ले थप आक्रमक खेल प्रस्तुत गरेता पनि बलले सहि दिशा भने लिन नसक्दा मध्यानतर पछीको खेलको ५० औं मिनेटमा वडा नं. १ का सुशिल लिम्बुले १ गोल थप्दै २–० गोल अन्तर बनतएको थियो ।
खेलका म्यान अफ दि म्याच मिक्लाजुङ वडा नं. १ का जर्सी नं. ७ का दीलिप राई घोषित भए । जितसँगै वडा नं. १ ले फाल्गुन २ गते(भोली) वडा नं. ९ सँग पहिलो सेमिफाइनल खेल खेल्ने छ । आज आइतबारको खेल वडा नं. ७ र वडा नं. २ बिच हुने खेल व्यवस्थापन उपसमितिका संयोजक मदन श्रेष्ठले बताए ।