दोस्रो अध्यक्ष कप : वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश - SportsNepal07

दोस्रो अध्यक्ष कप : वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश

लङ्सिङ श्रेष्ठ

फागुन १ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नं. ७ सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा वडा नं. २ लाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै वडा नम्बर ७ सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

खेलको म्यान अफ दि म्याच वडा नम्बर ७ का गोल रक्षक युबराज तामाङ्ग घोषित भए । जित सँगै वडा नम्बर ७ ले फाल्गुन ३ गते वडा नम्बर ५ सँग दोस्रो सेमिफाइनल खेल खेल्ने छ ।

सोमबारको पहिलो सेमिफाइनल खेल वडा नम्बर १ र वडा नम्बर ९ बिच हुने खेल व्यवस्थापन उपसमितिका संयोजक मदन श्रेष्ठले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर