मिक्लाजुङ दोस्रो अध्यक्ष कप : वडा नं. १ फाइनलमा प्रवेश - SportsNepal07

मिक्लाजुङ दोस्रो अध्यक्ष कप : वडा नं. १ फाइनलमा प्रवेश

Photo by Longsing Shrestha

लङ्सिङ श्रेष्ठ

फागुन ३ गते, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वडा नं. १ फाइनलमा प्रवेश गरेको छ ।

वडा नं. ९ लाई १–० को अन्तरले हराउँदै वडा नं. १ प्रतियोतिाको फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा टुङ्गिएको थियो । मध्यान्तर पछि खेलको २८ औं मिनेटमा वडा नं. १ का दिलिप राईको आकर्षक प्रहारले जाली चुमाउदै टिमलाई १–० को अग्रता दिलाएका थिए । दिलिपको १ गोल नै वडा नं. १ का लागि निर्णायक गोल बन्यो ।

खेलमा म्यान अफ दि म्याच वडा नं. १ का टिम क्याप्टेन दिलीप राई घोषित भए । आज मंगलबारको दोस्रो सेमिफाइनल खेल मिक्लाजुङ वडा नं. ५ र ७ बिच हुने आजोजकले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर