अमरदह ढल्केजोवन गोल्ड कप उद्घाटन - SportsNepal07

अमरदह ढल्केजोवन गोल्ड कप उद्घाटन

फागुन १४ गते, पथरी । चोथौँ अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्ड कपको उद्घाटन भएको छ । सुनवर्सी–२ स्थित विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा शुक्रवार एक विशेष कार्यक्रमका बिच खेल उद्घाटन भएको हो ।

अमरदह ढल्के जोवन युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता सशस्त्र प्रहरी बल पकलीका बाहिनी पति प्रहरी नायव महानिरीक्षक कमल गिरीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सुनवर्सी नगरपालिकाका उपप्रमुख मञ्जु कुमारी राई, मोरङ फुटबल ससंका अध्यक्ष दीपेन्द्र धिमाल, मोरङ प्रहरी प्रमुख जनार्दन विसि लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा विद्यार्थी तथा विभिन्न जातीय संघ संस्थाको सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर