फागुन २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज (शनिबार) भएको खेलमा सिरिजङ्गा एफसीले गोलको बर्षा गरेको छ ।
सिरिजंगाले शून्यको बिरुद्ध ३ गोल गर्दा देबिजंज एफसी स्तब्ध बन्यो । पहिलो हाफको ४० औं मिनेटमा सिरिजंगाका क्याप्टेन जहरमान लिम्बूले पेनाल्टी मार्फत गोल गर्दै खेलमा १–० को अग्रता दिलाएका थिए । सिरिजंगाका खेलाडी बिवेक आङ्देम्बेलाई डिबक्स एरियामा लडाएपछी सिरिजगाले पेनाल्टीको अवसर पाएको थियो । त्यसैगरी खेलको दोश्रो हाफ सुरु भएको ४२ आंैं मिनेट जादा सिरिजंगाका विशाल सावाँले विवेक आङ्देम्बेले दिएको पासलाई सदुपयोग गर्दै दोश्रो गोल गरेका थिए । त्यसैगरी खेलको अतिरिक्त समय ८१ औं मिनेटमा सिरिजंगाका संयोग थापाले तेश्रो गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच सिरिजङ्गाकै रोनी तामाङ घोषित भए । तामाङलाई नगरको ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ, सुनाखरी माविको प्रधानाध्यापक नरेन्द्र तामाङको हातबाट नगद ३ हजार र ट्रफी प्रधान गरिएको थियो । यो जितसँगै सिरिजङ्गाले लिगमा ३ अंक प्राप्त गरेको छ । सिरिजङ्गा एफसीमा सन्त आङदेम्बेले कोचिङ गरिहेका छन भने मेनेजमेन्टको जिम्मा मौसम लिम्बूले लिएका छन् । खेलमा कार्यपालिका सदस्य अरुणा राई, वडा नं. २ का वडा सदस्य पर्शुराम न्यौपाने, ७ को कासिहाङ राई लगायतको उपस्थिति रहेको थियो ।
आइतबारको खेल गु्रप ‘बी’ बाटै द रियल ब्रदश र न्यु स्टारबीच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । द रियल ब्रदश गत सालको फाइनलिस्ट टिम हो । लिगमा हालसम्मको खेलमा शिखर, टेन नवोदाय र सिरिजङ्गा एफसीले ३–३ अंक प्राप्त गरेको छ ।