
फागुन २२ गते, उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. ६ र ७ भिड्ने भएका छन् ।
उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा आज भएको दोश्रो तथा अन्तिम सेमिफाईनल खेलमा वडा नम्बर १ लाई ३ – ० गोल अन्तरले हराउँदै वडा नम्बर ७ ले फाईनलमा वडा नम्बर ६ सँगको भेट पक्का गरेको हो । वडा नम्बर ७ लाई फाईनलमा पुर्याउन सुरेश राई, सोनाम इङनाम र नवराज दियालीले एक÷एक गोल गरे ।
यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा वडा नम्बर ५ लाई टाईब्रेकरमा हराउँदै वडा नम्बर ६ फाईनलमा पुगेको थियो । फाईनल खेल भोली फागुन २३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।