झापा गोल्डकप केपी ओलीद्धारा उद्घाटन, उद्घाटन खेलमा सातदोबाटो क्वार्टर फाइनलमा प्रवेश - SportsNepal07

झापा गोल्डकप केपी ओलीद्धारा उद्घाटन, उद्घाटन खेलमा सातदोबाटो क्वार्टर फाइनलमा प्रवेश

फोटो : हरप्रहारन्यूजबाट

फागुन २२ गते, बिर्तामोड । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको झापा गोल्डकपको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व मन्त्रिी केपी शर्माओलीले गरेका छन् । पाँचौँ संस्करणको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

शनिबारबाट सुरू भएको झापा गोल्डकपमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए । सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए ।

खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १÷१ को बराबरी ग¥यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पु¥याए ।

पहिलो हाफ २–१ मा टुंगियो । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे । निरज चौधरीकै पासमा राई जावला खेलका गोल रक्षक ईश्वर गुरुङ बिट हँुदा गोल गर्न सफल भए ।

पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ नगद पाए । आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समितिले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर