
फागुन २२, पथरी । न्यू स्टार फुटबल क्लबले आफ्नो जर्सी सर्बजनिक गरेको छ । शनिवार किर्तिपुर स्थित किर्तीपुर सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी आफ्नो क्लबको जर्सी खेलाडीहरुलाई वितरण गर्दै सार्बजनिक गरेको हो ।
कार्यक्रममा प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, विशिष्ट अथिति विराट गोल्टकपका मनोजबिक्रम शाह, अतिथि वडा नम्बर–७ का अध्यक्ष कपिलमणि ढकाल, वडासदस्य काशीहाङ राई स्थानीय सामाजसेवी तथा मदन भण्डारी स्पोर्टिङ क्लबका मोरङ जिल्ला अध्यक्ष भूपाल श्रेष्ठ, पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ का अध्यक्ष संजीब गिरी लगायतको उपस्थिति रहेको थियो ।
न्यूस्टार फुटबल क्लबलाई विराट गोल्टकपका अध्यक्ष मनोजबिक्रम शाहले ४० थान जर्सी प्रायोजन गर्नुभएको हो । औपचारीक कार्यक्रममा शाहले क्लबका अनर दिवश खजुमलाई जर्सी प्रदान गर्नुभएको थियो ।