फागुन २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो चरणको पहिलो खेल बराबरीमा टुङ्गिको छ ।
सोमबार भएको खेलमा टेन नवोदय र वाईजीएफटी १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दोस्रो हाफ पछि खेलको ४७ औं मिनेटमा टेन नवोदय जर्सी नम्बर २३ का मीन धिमालले एक गोल लगाएका थिए । त्यसैगरी खेलको अतिरिक्त समयमा वाईजीएफटीका जर्सी नम्बर १७ का सन्जय लिम्बुले १ गोल फर्काउदै खेललाई बराबरी बनाएका थिए । यो संगै टेन नवोदयले ४ अंक जोड्न सफल भएको छ भने वाईजीएफटीले १ अंक मात्र जोडेको छ ।
खेलको म्यान अफ दी म्याच बि एण्ड बी वाईजिएफटीका सन्जय लिम्बु घोषित भए । लिम्बुलाई कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला फुटबल संघका महासचिव प्रकाश मास्केले ट्रफी र नगद हस्तान्तरण गरेका थिए । भोलि मगलबारको खेल वाईएफसी र शिखर एफसी बिच हुने आयोजक कमिटीका सचिब मनि लुम्फुवा लिम्बुले बताए ।