फागुन २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ आज मंगलबार भएको खेलमा शिखर एफसी विजयी भएको छ । दोश्रो चरणको दोश्रो खेलमा शिखर एफसीले वाईएफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पहिलो हाफको अतिरिक्त समयमा शिखर एफसीका दिलकुमार लिम्बुले १ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । कर्नर किक मार्फत पाएको सुनौलो अवसरलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । खेल अवधीमा वाईएफसीले केही निकै राम्रा अवसरहरू पाए पनि गोलले जाली भने चुमाउन सकेन ।
लिम्बूले गरेको सोही १ गोलनै निर्णायक बन्दैँ शिखर एफसीले खेल तालिकामा ६ अंक जोड्न सफल भएको छ । वाइएफसी भने दुई खेलबाटै हार बेहोर्दै अंकविहिन बन्न पुगेको छ । खेलको म्याम अफ दि म्याच शिखर एफसीका दावा तामाङ घोषित भए ।
तामाङले नगद सहित कार्यक्रमको प्रमुख अतिथी नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाबाट ट्रफी र मेडल प्राप्त गरे । भोलीको खेल देविगन्ज एफसी र न्यु स्टार एफसीका बिच हुने खेल संयोजक संन्जिव गिरीले बताए ।