
फागुन २५ गते, विराटनगर । ‘प्याडिलक्स गल्स अन ह्विल’ प्रतियोगिताको बिजेता गंगा खतिवडा र सिल्पा सुवेदी बिजेता घोषित भएकी छिन् ।
राउन्ट टेबल नेपालको आयोजनामा विराटनगरको जैन भवनमा मंगलबार साँझ सम्पन्न भएको प्रतियोगिताको फस्ट रनअप भिसाका कोचर, आकृति धनवल र सेकेण्ड रनरअप प्रशंसा बस्नेत, आयुषी अग्रवाल घोषित भएकी छिन् ।
बिजेता भएकी खतिवडा र सुवेदीले ४८ हजार मुल्य पर्ने एमआइको ४० इन्चको टेलिभिजन लगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरिन् । बिजेता हुने प्रतियोगिहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगितामा एक स्कुटरमादुई जनाको दरमा ७५ वटा स्कुटरको सहभागि गराएको राउन्ट टेबल नेपालका अध्यक्ष भवेश राठीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको थियो । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिएका थिए ।
