७ अंक जोड्दै टेन नवोदय समूह ‘ए’ को शिर्ष स्थानमा - SportsNepal07

७ अंक जोड्दै टेन नवोदय समूह ‘ए’ को शिर्ष स्थानमा

स्विर : लङ्सिङ श्रेष्ठ

फागुन २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को शुक्रबारको खेलमा टेन नवोदय विजयी भएका छन् ।

तेश्रो चरणको पहिलो खेलमा शिखर एफसीलाई १–० को गोल अन्तरले हराउँदै टेन नवोदय विजयी भएको हो । जितसँगै टेन नवोदय समूह ’ए’ को अग्रस्थानमा उक्लेको छ । टेन नवोदयले खेल तालिकामा ७ अंक जोडेको छ । पहिलो चरणको खेलमा वाइएफसीलाई पराजित गर्दै ३ र दोश्रो चरणको खेलमा वाइजिएफटीसँग बराबरी खेली १ अंक बाड्ँदै नवोदयले ४ अंक जोडेको थियो । त्यस्तै, आजको तेश्रो चरणको खेलमा शिखर एफसीलाई हराउँदै ३ अंक सहित जम्मा ७ अंक जोडेर नवोदय समुहको अग्रस्थानमा उक्लेको हो ।

यसैगरी, शिखर एफसी खेल तालिकामा ६ अंक जोड्दै समुहको दोश्रो स्थानमा रहेको छ । शिखरले पहिलो र दोश्रो चरणको खेलमा क्रमश वाइजिएफटी र वाइएफसीलाई हराउँदै खेल तालिकामा ६ अंक जोड्न सफल भएको हो भने आजको खेलमा हार बेहोर्दै कुनै अंक जोड्न सकेन ।

शुक्रबारको खेलमा टेन नवोदयका लागि ६९ औं मिनेटमा पेनाल्टी मार्फत मीन धिमालले पहिलो गोल गरे । नवोदयका सबिन लिम्बूलाई विपक्षीका खेलाडीले डिबक्स एरिया भित्र लडाएपछी पाएको पेनाल्टिलाई सदुपयोग गर्दै धिमालले गोल गरेका थिए । धिमालले गरेको सो १ गोलनै निर्णायक बन्दैँ नवोदयले जित निकालेको हो ।

खेलको म्यन अफ द म्याच मीन धिमाल घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार प्राप्त गरे । भोली शनिबारको खेल वाइजिएफटी र वाइएफसीका बिचमा हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर