प्रिमियर लिग : वाइजिएफटी र वाइएफसी समूह चरणबाट बाहिरिए - SportsNepal07

प्रिमियर लिग : वाइजिएफटी र वाइएफसी समूह चरणबाट बाहिरिए

तस्विर : लङसिङ श्रेष्ठ

फागुन २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को शनिबार भएको खेल वाइएफसी विजयी भएको छ ।

खेलमा वाइजिएफटीलाई २–१ गोल अन्तरले हराउँदै वाइएफसी विजयी भएको हो । समूह ’ए’ बाट टेन नवोदय र शिखर एफसी सेमिफाइनलमा प्रवेश गरेका छ्न । टेन नवोदयले खेल तालिकामा ७ र शिखर एफसीले ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । त्यस्तै, समूह चरणबाट कम अंक प्राप्त गर्दै वाइजिएफटी र वाइएफसी बाहिरिएका छ्न ।

खेल तालिकामा वाइजिएफटीले १ र वाइएफसीले ३ अंक जोडेको थियो । पहिलो चरणको खेलमा शिखर एफसी र तेश्रो चरणको आजको खेलमा वाइएफसीसँग पराजित भएको वाइजिएफटीले दोश्रो चरणको खेलमा टेन नवोदयसँग बराबरी खेलेर १ अंक मात्र जोड्न सफल भएको थियो भने पहिलो र दोश्रो चरणमा क्रमशः टेन नवोदय र शिखर एफसीसँग हार बोहोर्दै शून्य अंकमा रहेको वाइएफसीले आजको खेलमा वाइजिएफटीलाई हराउँदै मात्र ३ अंक जोड्न सफल भयो ।

आजको खेलमा वाइएफसीका मोहन राई र बिनायक लिम्बूले क्रमशः ७ र ३५ औं मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५३ औं मिनेटमा वाइजिएफटीको तर्फबाट गोल भएको थियो । वाइएफसीका भिषण राईले आत्माघाती गोल गर्दै उपहार स्वरुप १ गोल वाइएफसीलाई दिलाएका थिए । खेलको म्यान अफ दि म्याच वाइएफसीका विनायक लिम्बू घोषित भए । भोलिको खेल समूह ’बि’ अन्तर्गतको खेल न्यु स्टार एफसी र सिरिजङ्गा एफसीका बिच हुने आयोजक समितिको सचिव मनि लुम्फुवा लिम्बुले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर