प्रदेश स्तरीय तेक्वाण्डोमा कानेपोखरीले प्रथम, द्धितीय र तृतीय स्थान ८ जनाले जित्यो - SportsNepal07

प्रदेश स्तरीय तेक्वाण्डोमा कानेपोखरीले प्रथम, द्धितीय र तृतीय स्थान ८ जनाले जित्यो

चैत १ गते, कानेपोखरी । १ नम्बर प्रदेशमै उत्कृष्ट डोजाङ्गको पुरस्कार प्राप्त गरेको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले प्रदेश १ आइटिएफ तेक्वाण्डो प्रतियोगितामा ८ जनाले प्रथम, द्धितीय र तृतीय स्थान जित्न सफल भएका छन् ।

फागुन २७ र २८ गते बेलबारी नगरपालिका स्थित डाँगीहाटमा आयोजित प्रतियोगितामा २ प्रथम, ५ द्धितीय र १ तृतीय स्थान जित्न सफल भएको हो । सोमबार कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र र मेडल प्रदान गर्दै सम्मान गरेका थिए । गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेत लगाएतले सम्मान गरेका थिए ।

डाँगीहाट आईटिएफ टेक्वाण्डो संघ, बेलबारीको आयोजनामा भएको प्रतियोगितामा २०–२५ तौल समूहका एकल स्पायरीङ प्रथममा ममता अचार्य, एकल प्याटन(ग्रिन वेल्ट) प्रथममा आर्यन राई, २५–३० तौल समूहका एकल स्पायरीङ द्धितीय प्रज्वल सेन्चुरी, ३०–३५ तौल समूहका एकल स्पायरीङ(महिला) द्धितीय विनिशा धिमाल र देविन राई, ४४–५० तौल समूहका एकल स्पायरीङ(महिला) द्धितीय इन्दिरा थापा र एकल प्याटन(ग्रिन वेल्ट) द्धितीय विनिशा धिमाल र ४०–४५ तौल समूहका एकल स्पायरीङ तृतीय स्थान आशिष भूजेलले जितेका छन् । उनिहरुले मेडल र प्रमाण पत्र पाएका मोरङ आईटिएफ तेक्वाण्डो डोजाङ्ग संघका अध्यक्ष युवराज भुजेलले बताए ।

कार्यक्रम एविन पाठकले संचालन गरेको कार्यक्रममा मोरङ आईटिएफ तेक्वाण्डो डोजाङ्ग संघका सदस्य हरी न्यौपाने र समाजसेवी कमल धिमाल पनि उपस्थित थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 SportsNepal07.