टेन नवोदयलाई पाखा लगाउर्दै न्यू स्टार लिगको फाइनलमा प्रवेश - SportsNepal07

टेन नवोदयलाई पाखा लगाउर्दै न्यू स्टार लिगको फाइनलमा प्रवेश

तस्विर : लङसिङ श्रेष्ठ

चैत २ गते, पथरी । ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनल खेलमा टेन नवोदयलाई पाखा लगाउँदै न्यू स्टार फाइनलमा प्रवेश गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रिमियर लिगमा बुधबार भएको पहिलो सेमिफाइनलमा टेन नवोदयलाई २–१ गोलको अन्तरले हराउँदै न्यू स्टार फाइनलमा पुगेको हो । हार सँगै टेन नवोदय लिगबाट आउट भएको छ । टेन नवोदयका जर्सी नम्बर ९ का रोषन माझीले खेलको ४५ औं सेकेण्डमा गोलको खाता खोलेका थिए । खेलको दोस्रो हाफको ५२ औं मिनेटमा न्यू स्टारका जर्सी नम्बर १६ का सन्तोष केसीले १ गोल फर्काउर्दै खेल लाई बराबरी बनाएका थिए ।

त्यसैगरी खेलको ५७ औं मिनेटमा न्यू स्टारले पाएको कर्नर किकलाई गोलमा परिणत गरेका थिए । न्यू स्टारका जर्सी नम्बर २७ का सुरेन्द्र लिम्बुले हानेको कर्नर किक टेन नवोदयका खेलाडी राजन तामाङले गोल बचाउ गर्दा आत्माघाती गोल लागेका थियो ।

खेलको म्यान अफ द म्याच न्यू स्टारका जर्सी नम्बर ९ का दिपेन माझी घोषित भए । माझीलाई कार्यक्रमका प्रमुख अतिथि मनोजविक्रम शाह, खेल आयोजक समितिका अध्यक्ष सन्जिव गिरी, खेल समितिका सदस्य दिपक पुलामी लगाएतले हस्तान्तरण गरेका थिए ।

समूह ‘ए’ बाट टेन नवोदय र समूह ‘बि’ बाट न्यु स्टार एफसी विच सेमिफाइनल खेल भएको थियो । भोली विहिबारको दोस्रो सेमिफाइनल खेल समूह ‘ए’ बाट शिखर एफसी र ‘बि’ बाट द रियल ब्रदर्श विच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए ।

खेल तालिकामा टेन नवोदयले ७ अंक जोडेको थियो भने द रियल ब्रदर्शले पनि ७ अंक जोडेको छ । शिखर एफसी र न्यु स्टारले भने ६–६ अंक जोडेका छ्न । यस अघि लिग चरणबाट वाइएफसी, वाइजिएफटी, सिरिजङ्गा र देविगन्ज एफसीले खेल तालिकामा कम अंक क्रमशः ३, १, ३ र १ अंक मात्र जोड्दै बाहिरिएका थिए ।

लिगको प्रतियोगितामा विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष बिक्की राईले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर