कानेपोखरीमा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा बेलबारी विजयी - SportsNepal07

कानेपोखरीमा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा बेलबारी विजयी

तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा

चैत १४ गते, जहदा, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कप–२०७८ सुरु भएको छ ।

आइतबार वडा नम्बर ५ को जहदा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्धघाट्न खेल बेलवारी नगरपालिका विजयी भएको छ । खेलमा मिक्लाजुङ गाउँपालिकालाई टाईब्रेकरमा ६ का विरुद्ध ७ गोल अन्तरले हराउँदै बेलबारीले जित निकालेको हो ।

खेलको ११ औं मिनेटमा मिक्लाजुङका जर्सी नम्बर १० का टिम क्याप्टेन टेकबहादुर लिम्बूले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसैगरी, खेलको ७२ औं मिनेटमा बेलवारीले खेललाई बराबरीमा ल्यायो । बेलबारीले पाएको पेनाल्टीको अवसरलाई जर्सी नम्बर ६ का भक्त भण्डारीले सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।

मिक्लाजुङका जर्सी नम्बर ४ का डिफेन्डर बिमल तामाङ्ले डिबक्स भित्र हातले गोल रोके पछि बेलवारीले पेनाल्टीको अवसर पाएको थियो । क्रस प्रहार रोक्ने क्रममा बल तामाङले रोकेको थियो । सो सँगै तामाङले खेलमा रेड कार्ड प्राप्त गर्दै मैदान बाहिरिए । बाँकी खेलको अतिरिक्त समयमा दुवै तर्फबाट निकै राम्रा प्रयासहरू भएपनि गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो ।

तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा

खेलको निर्णय टाइब्रेकर मार्फत लिइएको थियो । ट्राइब्रेकरमा बेलबारीले उद्घघाटन खेलमा जित निकालेर अघिल्लो यात्रा तय गरेको छ भने मिक्लाजुङ खेल तालिकाबाट बाहिरिएको छ । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल रक्षक सन्तोष दनुवार घोषित भए । उनलाई पूर्व राष्ट्रि खेलाडी सञ्जीव बुढाथोकीले १५ सय रुपैयाँ नगद सहित ट्रफी र मेडल हस्तान्तरण गरे ।

आजको खेल लेटाङ नगरपालिका र पथरीशनिश्चरे नगरपालिका बिच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए । उद्घघाटन खेल कानेपोखरी गापाका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए । सो उद्घघाटनको औपचारिक कार्यक्रममा पालिका उपाध्यक्ष राजमति इङ्नाम, वडाअध्यक्षहरू खडग बस्नेत, मोहनप्रसाद अधिकारी, नेपाली कांगे्रसका सभापती योगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सुनसरी, मोरङका गरि ८ टिमले सहभागीता जनाएका छ्न । टिमहरुमा कानेपोखरी गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, बेलवारी नगरपालिका, केरावारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका र इटहरी उपमहानगरपालिका रहेका छ्न । हरेक दिनको खेल दिनको ठिक ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषदले गरेको हो भने मुख्य सहयोगी कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा व्यवस्थापकिय सहयोग नव प्रगतिशील समाजसेवा क्लब, जहदा भेट्रानले गरेको हो ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रत्ये खेलमा म्यान अफ द म्याच नगद १५ सय, ट्रफी र मेडल पाउने छन् । त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।

तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा
तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा
तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा
तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा
तविस्र : विद्यानन्द चौधरी र विवेक खतिवडा

प्रतिक्रिया:

सम्बन्धित खवर