चैत १९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा वडा स्तरीय प्रथम अध्यक्ष उपाध्यक्ष कप–२०७८ आजदेखी सुरु हुने भएको छ ।
कानेपोखरी खेलकुद परिषद समितिको आयोजनामा हन लागेको भलिवल प्रतियोगिता वडा नम्बर ६ स्थित जनसेवा माविको खेल मैदानमा हुने कानेपोखरी खेलकुद परिषद समितिका अध्यक्ष चरण गुरुङले बताए ।
सवै वडालाई जर्सी प्रदान गरिसकोको र आज तीन वटा म्याच हुने कानेपोखरी खेलकुद परिषद समितिका सचिव एविन पाठकले बताए । पहिलो खेल ‘ए’ पोलबाट वडा नं. ४ र ७ विच र वडा नंं ३ र ६ विच हुने छ भने ‘बि’ पोलबाट वडा नं. १ र २ विच प्रतिस्पर्धा हुने भएको छ । वडा नं. ५ वाईमा परेको छ । ‘बि’ पोलबाट वडा नं. १ र २ विच प्रतिस्पर्धाबाट छानिएकाबाट वडा नं. ५ ले फाइनल खेल खेल्ने छ ।
खेलको विजेता टिमले नगद ५० हजार र उपविजेताले ३० हजार साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । खेलमा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्स, ब्लकर, लिफ्टर विद्यामा जनही ३ हजार पुरस्कार वापत प्रदान गरिने छ । खेलमा गाउँपालिकाको ७ वटै वडाले सहभागीता जनाउने छन् । खेलको उद्घाटन र समापन गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले गर्ने भएको छ ।
कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सही मार्गदर्शन गराई उनीहरुको भविश्य उज्वल बनाउन प्रयन्न गर्ने र फुटबल खेलको माध्यमबाट यस कानेपोखरी गाउँपालिकालाई जिल्ला, प्रदेश हुर्दै राष्ट्र मै चिनाउनका लागि प्रयत्न गर्ने लगाएको उद्देश्य सहित खेलको आयोजना गरेको समितिका सदस्य मनोज अधिकारीेले बताए । खेल अवधिभर ३ लाख ३० हजार हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए ।