चैत २४ गते, केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा गोर्खाली युनाईटेड रतुवामाई सेमिफाइनलमा प्रवेश गरेको छ ।
विहिबार भएको खेलमा आयोजक केचना फुटबल क्लब बीलाई ४–२ गोलको अन्तरले पराजित गर्दै गोर्खाली युनाईटेड रतुवामाई सेमिफाइनलमा पुगेको हो । निर्धारीत समयमा कुनै गोल हुन नसके पछि खेलको छिनोफानो टाईब्रेकरले गरेको थियो ।
टाइब्रेकरमा आयोजक टिमका सेर बहादुर लिम्बु र सौगात बिश्वर्कमाले गोल गरेका थिए । त्यसैगरी आयोजकका नबिन खालिङ र जुनियर सावाँको बललाई विपक्क्षी गोल रक्षक सन्तोष तामाङले उत्कृष्ट बचाउ गरेका थिए । गोर्खाली युनाईटेडका तर्फबाट उपेन्द्र कार्की, सगर राई, बिशाल राई र दिवस तामाङले गोल गरेसँगै सेमिफाइनल प्रबेश गरेको हो ।
खेलका म्यान अफ दि म्याच बिजेता टिमका गोल रक्षक सन्तोष तामाङ घोसित भए । उनले नगद २५ सय, ट्रफी र मेडल प्राप्त गरे ।
भोली शुक्रबार देखी सेमिफाइनल खेल सुरु हुने छ । पहिलो सेमिफाइनल खेलमा कानेपोखरी फुटबल क्लब र द रियल ब्रदर्श विच खेल हुने आयोजक समितिका हेमेश्वर राईले जनाएका छन । केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।
विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट कोचलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।