टि–२० नकआउट क्रिकेटमा होक्लाबारीको विजयी सुरुवात - SportsNepal07

टि–२० नकआउट क्रिकेटमा होक्लाबारीको विजयी सुरुवात

बैशाख १३ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका –१ स्थित होक्लाबारीमा आजबाट सुरु भएको टि–२० नकआउट क्रिकेट प्रतियोगितामा आयोजक होक्लाबारीले विजय सुरुवाती गरेको छ । सिजुवा क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै होक्लाबारी विजयीको यात्रा तय गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सिजुवाले आयोजक होक्लाबारी सामु निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १०२ रनको लक्ष्य दिएको थियो । १०२ रनको जवाफी ब्याटिङमा उत्रिएको होक्लाबारीले ९ ओभरमा ३ विकेट गुमाउँदै १०६ रन सहित समीकरण पूरा गरी सुरुवाती जित निकाल्न सफल भयो ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका अभिषेक मण्डल घोषित भए । उनले नगद १ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भोलीको खेल लोहन्द्राघाट र पथरी शनिश्चरेका बिच हुने आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सांसद लिलाबल्लभ अधिकारीले उद्घाटन गरेका थिए ।

श्रीमाविको खेल मैदानमा भएको खेललाई कानेपोखरी गाउँपालिकाको १ लाख सहयोग र होक्लाबारी युवा क्लबको आयोजना रहेको छ । खेल बैशाख २० गते सम्पन्न हुनेछ । खेलमा इटहरी, पथरीशनिश्चरे, कानेपोखरी, इविसिसि, दमक, लोहन्द्राघाट लगायतको टिमले सहभागीता जनाएको प्रमोदकुमारले बताए ।

खेलमा विजेता दिमले ५० हजार, उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउँने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच १ हजार, बेष्ट बल्लर र वेष्ट ब्याटमेनलाई २५ सय, त्यसैगरी म्यान अफ द सिरिन्ज ५ हजार पुरस्कार रहेको छ । खेल अवधिभर ३ लाख खर्च हुने आयोजकले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर