श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत - SportsNepal07

श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत

असार १७ गते । श्रीलङ्काविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले १० विकेटको शानदार जीत हासिल गरेको छ । जीतका लागि मात्र ५ रनको लक्ष्य पाएको डेभिड वार्नरले एक चौका र छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।

यसअघि श्रीलङ्का दोस्रो इनिङमा मात्र ११३ रनमा सीमित बनेको थियो । श्रीलङ्कालाई सस्तोमा समेट्न नेथन लियोन र ट्राभिस हेडले ४–४ विकेट लिए भने मिचेल स्वीपसनले २ विकेट लिए । श्रीलङ्काका लागि कप्तान दिमुथ करुनारत्नेले २३ रनको योगदान दिए भने ओपनर पाथुन निशांकाले १४ रन बनाए ।

खेलमा अस्ट्रेलियाका क्यामरुन ग्रिन प्लेयर अफ द म्याच चुनिए । अस्ट्रेलियाले पहिलो पारीमा ३२१ रन बनाएको थियो भने श्रीलङ्काले २१२ रन बनाएको थियो । एजेन्सी

प्रतिक्रिया:

सम्बन्धित खवर